एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी

होस्ट खबर २७ श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली राजधानी सुर्खेतमा फुटबल प्रशिक्षक उत्पादन गर्न ४ दिने कोचिङ कोर्ष सम्पन्न भएको छ। कम्युनिटी कोचिङ कोर्ष नाम दिइएको प्रशिक्षण समापनमा बोल्दै एन्फा  केन्द्रीय सदस्य रबिन चन्दले कोचिङ तालिम पहिलो बेशिक कोर्ष भएकाले खेल र खेलाडीको बिकास र अवशर दुबै हुने बताए ।

अल नेपाल फुटबल असोशियशनको सहयोग र जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै चन्दले कम्युनिटी कोर्ष गरिसकेपछी जिल्लाका क्लबहरु संग समन्वय गरि अवसरका रुपमा लिन सकिने बताए । आगामी प्रशिक्षणमा पनि एन्फाले सहयोग गर्दै जाने उल्लेख गर्दै केन्द्रीय सदस्य चन्दले एन्फाको विषम परिस्थितिका बाबजुत डी लाइसेन्स केन्द्रित प्रशिक्षण भएपनी सी, बि र त्यो अगाडिको चरणमा पुग्न एन्फाले सहयोग गर्ने बताए । प्रशिक्षण लिइसकेपछी अब प्रशिक्षार्थीले नै स्तरउन्नतिका लागि लाग्नुपर्ने उनको भनाइ छ । यो खालको प्रशिक्षण फुटबल संघ सुर्खेतका लागि नौलो अनुभवका रुपमा रहेको चन्दले बताए ।

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना गरिएको प्रशिक्षणमा प्रशिक्षक एवं एन्फा सदस्य संजिब शिंहले एन्फाको पहलमा यस किसिमको प्रशिक्षणले यो क्षेत्रको फुटबलमा फड्को मार्ने बताए । जिल्ला फुटबल संघ सुर्खेतको नेतृत्वले यी जिल्लामा धेरै सम्भावना रहेको बताए । सुर्खेतबाट श्रीलंका जाने क्याम्पमा धनसिं बि. क. जस्ता खेलाडी छनौट हुनु गौरवको कुरा भएको बताए । कर्णालीमा प्रशिक्षण का लागि यहाँको सरकारले पर्याप्त बजेट ब्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

फुटबलमा यो प्रदेशको सम्भावना धेरै भएकाले उत्कृष्ट खेलका लागि प्रशिक्षण उपलबधिमूलक हुने अपेक्षा गरे । प्रशिक्षक एवम् एन्फा सदस्य नबिन महर्जनले समेत प्रशिक्षण दिएको प्रतियोगितामा सुर्खेत, जुम्ला, दैलेख, कालिकोट, दाङ, बाँके, लगायत साविक मध्य्पश्चिमका खेलाडीको सहभागिता रहेको थियो । कार्यक्रममा सैनिक आवासीय विध्यालयका प्रीन्सिपल प्रेम बहादुर बिश्वकर्माले प्रशिक्षणले पाइला पाइलामा खेललाई आकर्षक र प्रभावकारी हुने बताए ।

सैनिक महाविध्यालयले समेत प्रत्यक्ष सहयोग गरेको प्रशिक्षणमा कर्णालीका फुटबल क्षेत्रका खेलाडीको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीको तर्फबाट सुर्खेतकि खेलाडी अस्मिता नेपालीले अहिले हामीले सिकेको कुराले आफुँहरुलाइ लिडरशिप तथा टेक्निकल कुराहरु समेत सिकाएकाले यो निकै उपलब्धिमूलक हुने बताइन् । प्रशिक्षण समापन समारोहमा सहभागी ३० जनालाई प्रमाणपत्र बितरण गरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्