आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

होस्ट खबर २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो ।

यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । पूर्णिमाका दिन नयाँ जनै लगाउने तागाधारीले बिहानी उठी नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तर्षिलाई तर्पण गरी जलसेचन गराइएको जनै धारण गर्ने परम्परा छ । उनीहरू पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।

जनाई लगाउने तागाधारीले गोबर, माटो, कुस लगाएर पवित्र जलाशयमा गएर स्नान गरी दतिवन वा अपामार्गले दाँत माभ्mने र पञ्चगव्य खाएर नयाँ जनै फेर्ने गरिएको संस्कृतिविद् बताउँछन् । पूर्णिमाका दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र वशिष्ठलगायत सप्तर्षिलाई तर्पण दिने गरिएकाले यसलाई ‘ऋषि तर्पणी’ भन्ने गरिएको हो ।

पूर्णिमाका दिन पुरोहितले यजमानका हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धाँगो बाँध्नाले शरीर रक्षा हुने विश्वास रहिआएको छ । ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल’ मन्त्र पढ्दै ब्राह्मणले यजमानको नाडीमा बाँधिदिन्छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्