देशको विकासका लागि बालबालिका शिक्षित हुनु पर्छ – स्वास्थ्य मंत्री थारु

होस्ट खबर २२ जेष्ठ २०७९, आईतवार
2 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मंत्री इन्द्रजित थारुले समग्र देशको विकास गर्नका लागि बालबालिकालाई शिक्षित बनाउनु पर्ने कुरामा जोड दिए। राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरीमा रहेको नमुना माध्यामिक विद्यालय गंगदीको एघारौँ अभिभावक भेलालाई सम्बोधन गर्दै मंत्री थारुले सो कुरा बताए।

नेपाल सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको जानकारी गराउदै उक्त अवशरको फाइदा लिन समेत उनले सम्पूर्ण अभिभावकलाई आग्रह गरे। कक्षा बाह्र सम्म सरकारले निशुल्क पठन पाठनको व्यवस्था गरेको छ, तपाईहरुले त्यो अवशरलाई छोपेर आफ्ना बालबालिकालाई ध्यान दिएर विद्यालय पठाउने काम गर्नु होस्”- मंत्री थारुले भने।

त्यस्तै कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादवले उक्त विद्यालयको शैक्षिक सुधारका लागि पालिकाबाट सहयोग र निरन्तर निगरानी राखेको बताईन। पालिका भित्र नमुना विद्यालय भएको कारण यहाँको गरिमा जोगाउनका लागि सबैको सहयोग हुनु पर्ने उपाध्यक्ष यादवको भनाई छ। हामी अघिल्लो पटक चुनाव जितेर आएपछि आर्थिक र भौतिक रुपमा निरन्तर सहयोग भैरहेको छ, अब आउने दिनमा पनि हाम्रो पालिकाबाट सबैखाले सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दछु”- उपाध्यक्ष यादवले भनिन।

No description available.

विद्यालयको एघारौँ अभिभावक भेलामा विद्यालयका विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु, पुर्व प्रधानाध्यापकहरु, शिक्षकहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता, लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मंत्री इन्द्रजित थारुको प्रमुख अतिथ्यता र राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादवको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममाको स्वागत मन्तव्य विद्यालयका सहप्रधानाध्यापक गोकुल भट्टको रहेको थियो भने कार्यक्रमको सहजीकरण गिरिराज भट्टले गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए।

No description available.

No description available.

No description available.

No description available.

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array