फेरी बढ्न थाले भारतमा कोरोना संक्रमित

होस्ट खबर २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । बितेको २४ घण्टामा त्यहाँ ४ हजार २५७ कोरोना संक्रमित पहिचान भएका छन् । यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए ।

यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार ४१ जनालाई कोभिड देखिएको थियो । भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भयो भने २ हजार ६१२ संक्रमित निको भए । हालसम्म भारतमा ४ करोड ३१ लाख संक्रमित भइसकेका छन् ।

यीमध्ये ४ करोड २६ लाख संक्रमित निको हुँदा ५ लाख २४ हजार मानिसले ज्यान गुमाए । अहिले उपचाररत संक्रमितको संख्या २२ हजार ६९१ रहेको छ । भारतको केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ कोरोना पोजिटीभिटी दर ९.८७ भेटिएको छ । यो भनेको शनिबार १०० जनाको कोरोना परीक्षण गर्दा १० जना संक्रमित भेटिनु हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्