ओलीको आलोचना गरेको भन्दै भूसाललाई कारवाहीको सिफारिस

होस्ट खबर २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीको सिफारिस गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए ।

‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारवाहीको सिफारिस गरेको छ’, बडालले भने । स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत् अध्यक्ष ओलीको आलोचना गरेका थिए ।

‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारवाही हुन्छ’, अध्यक्ष बडालले भने । पार्टी विधान बमोजिम आवश्यक कारवाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्