दाङ – दाङ प्रहरीले घोराहीबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले गएराति पौने ९ बजेको समयमा घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुकुमको पुथा-उत्तरगंगा गाउँपालिका-७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका-१६ का ३० वर्षीय रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पक्राउ परेका दुबैजनाको साथबाट प्रहरीले ६ वटा प्लाष्टिकको टुक्रामा राखेको २३० मिलीग्राम खैरो हेराेइन बरामद गरेको छ। घटनाको बारेमा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्