दुर्व्यवहार गर्नेमाथी नेपाल दलित संघ दाङद्वारा कारबाहीको माग

होस्ट खबर २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

दाङ–नेपाल दलित संघ दाङले बबई गाउँपालिका वडा नम्बर ४ निवासी नेपाली कांग्रेसका क्रियासील दुई जना सदस्य माथी दलित भएकै कारण दुर्व्यवहार गर्ने व्यक्तिहरु माथी कारबाहीको माग गरेको छ ।

दलित संघका जिल्ला अध्यक्ष बावुराम विश्वकर्माले शनिबार एक विज्ञप्ती जारी गर्दै नरबहादुर सुनार र प्रेमबहादुर सुनार माथी वडा कार्यालयको प्राङ्गनमा असमाजिक व्यक्तिहरुबाट जातिय अपहेलना हुने जस्ता तुच्छ शब्द प्रयोग गर्दै उनीहरु माथि आक्रमण समेत गरेको घटनाले सिंगो दलित समुदायलाई दुखित बनाएको छ।

सार्वजनिक स्थलमा दलितमाथि भएको अपमान र आक्रमको घोर निन्दा गरिएको छ । साथै घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरि उनीहरुलाई कडा भन्दा कडा कारबाहीको माग समेत गरिएको छ ।

हेर्नुहोस विज्ञप्ती

No description available.

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array