सार्वजनिक यातायातको भाडा घट्यो

होस्ट खबर २० जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – सार्वजनिक यातायातको भाडा घटेको छ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि गाडी भाडा पनि घटेको हो । यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेर भाडा सूची सार्वजनिक गरेको छ ।

नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ प्रतिशतले घटेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ९ प्रतिशतले घटेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्