![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
४ जेठ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा एमाले र उपेमयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका कृष्ण खाँण र उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रे विजयी भएका हुन् ।
एमालेका कृष्ण खाँणले नेपाली निवर्तमान मेयरसमेत रहेका कांग्रेसका दिलीपप्रताप खाँणलाई २१८० मतान्तरले पराजित गरेका हुन् । कृष्ण खाँणले १३ हजार ७७६ मत ल्याउँदा दिलीपप्रताप खाँणले ११ हजार ५९६ मत ल्याए ।
उपमेयरमा भने कांग्रेसकी कविता तिवारी गैह्रेले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी छन् । तिवारीले १२ हजार ८२२ मत ल्या उँदा उनकी प्रतिस्पर्धी थापाले १२ हजार ३४० मत पाइन् । पराजित थापा २०७४ को चुनावमा पनि यही पदमा उम्मेदवार थिइन् ।
१४ वडामध्ये एमालेले ८ र कांग्रेसले ६ वडामा अध्यक्ष जितेको छ । एमालेबाट वडानम्बर ३ मा भीमबहादुर गुरुङ, ४ मा हरिप्रसाद खनाल, ६ मा श्यामकृष्ण श्रेष्ठ, ७ मा पाण्डुकुमार थापा, ८ मा दामोदर तिवारी, ९ मा अमृत श्रेष्ठ, १२ मा विश्वजंग गुरुङ र १३ नमलाल डुम्रे विजयी भएका छन् ।
यस्तै, कांग्रेसबाट वडानम्बर १ मा पदमराज गुरुङ, २ पोतप्रसाद लम्साल, ५ मा छवि आले, १० मा सुनील खनाल, ११ मा डण्डापानी पंगेनी
र १४ मा राजु कुँवर विजयी भएका छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्