सुर्खेतमा जागिर लगिदिने भन्दै करोडौं रुपैयाँ ठगी धन्दा, स्काई ड्रिमका ८ जना पक्राउ

होस्ट खबर ७ श्रावण २०८२, बुधबार
2 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–३ स्थित स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि. र यसमार्फत आबद्ध ग्लोवल ओरियन्स नेपाल प्रा।लि ले बेरोजगार युवायुवतीलाई विदेश रोजगारी, सीपमूलक तालिम, राम्रो तलब सुविधा र आवासको प्रलोभन देखाउँदै करोडौं रुपैयाँ ठगी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

सुर्खेत प्रहरीले पीडितहरूको जाहेरीको आधारमा ठगी धन्दा गर्ने स्काई ड्रिम ईन्टरपेनर्स प्रा।लि र ग्लोवल ओरियन्स नेपाल प्रा।लिमा आवद्ध ८ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

देशका विभिन्न जिल्लाबाट आएका बेरोजगार युवायुवतीलाई वार्षिक बीस हजार तिरेर खाना, बस्न र कोठा दिने भन्दै कम्पनीमा राखी नेटवर्किङ मार्केटिङ मार्फत काम लगाइएको थियो । कामको नाममा नयाँ सदस्य भित्र्याउन दबाब दिइने र हरेक व्यक्तिबाट पचास हजारदेखि दुई लाख साठी हजारसम्म असुली गर्ने गरिएको पीडितहरुले बताएका छन् ।

यसरी झुक्याएर स्काई ड्रिम ईन्टरपेनर्स प्रा।लि र ग्लोवल ओरियन्स नेपाल प्रा।लिले करोडौं रुपैयाँ असुल गरेको पाइएको छ । केही सञ्चालक तथा कर्मचारीहरुलाई प्रहरीले खोजतलास तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंह बुट थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा नरेश बोहरा (जिल्ला डोटी, सायल गाउँपालिका वडा नम्बर २ )

कृष्ण धामी (जिल्ला दार्चुला, महाकाली गाउँपालिका वडा नम्बर ४ )

कमल शाही (जिल्ला अछाम, कमल बजार नगरपालिका वडा नम्बर ६ )

रविन्द्र शाही (जिल्ला अछाम, कमल बजार नगरपालिका वडा नम्बर ६ )

मनिषा सिंह (जिल्ला कञ्चनपुर, महाकाली नगरपालिका वडा नम्बर २ )

निर्मला धामी (जिल्ला कञ्चनपुर, बेल्डाँडी गाउँपालिका वडा नम्बर १ )

सुनिता साउद (जिल्ला बैतडी, सिगास गाउँपालिका वडा नम्बर ६ )

र कमला चिमाला (जिल्ला डोटी, बडिकेदार गाउँपालिका वडा नम्बर ४ ) लाई प्रहरीले पक्राउ गरेको छ ।पीडितहरूका अनुसार, ठगीमा संलग्न भनिएका व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाहीको माग गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्