इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

होस्ट खबर २५ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : इङ्ल्यान्डलाई २–१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोहास्थित अल बायत रंगशालामा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलमै सिमित बन्यो ।

औरेलियन टिचुआमेनीकै गोलले १८औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए । केनले पूर्व कप्तान वायन रुनीसँग ५३ गोलको बराबरी गरेका हुन् ।

ओलिभर जिरौडले समय सकिन १२ मिनेट बाँकी रहँदा कीर्तिमानी गोल गरेपछि फ्रान्स २–१ को अग्रता बनायो । केनले ८४औं मिनेटमा गरेको पेनाल्टी प्रहार पोष्टभन्दा निक्कै माथिबाट बाहिरिएपछि इंग्ल्यान्ड खेलमा फर्कन सकेन । अब, फ्रान्सले फाइनल प्रवेशका लागि मोरक्कोसँग भेट गर्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array