काठमाडौँ : पन्जाब किंग्सले इण्डियन प्रिमियर लिग ९आइपिएल० २०२५ को फाइनलमा स्थान बनाएको छ । गएराति सम्पन्न दोस्रो क्वालिफायर खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै पञ्जाब दोस्रोपटक आइपिएल फाइनलमा पुगेको हो ।

अब पन्जाबले उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बेंगलोर ९आरसिबी० सँग प्रतिस्पर्धा गर्नेछ । क्वालिफायर खेलमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले एक ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान श्रेयस ऐरले टिमलाई जिततर्फ डोर्याउँदै ४१ बलमा ५ चौका र ८ छक्का प्रहार गर्दै नटआउट ८७ रनको योगदान दिए । नेहाल वाधेराले २९ बलमा ४८ रन बनाउँदै श्रेयससँग चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।
ओपनर प्रियांश आर्याले २० रन, जोश इंग्लिसले ३८ रन र प्राभ्सिम्रन सिंहले ६ रन बनाए । मुम्बईका अश्वनी कुमारले दुई, ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले एकरएक विकेट लिए । त्यसअघि गुजरातस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०३ रन बनायो । कप्तान रोहित शर्मा तेस्रो ओभरमै ८ रनमा आउट भए ।
जोनी बेयरस्टोले २४ बलमा ३ चौका र २ छक्का सहित ३८ रन बनाउँदै तिलक वर्मासँग ५१ रनको साझेदारी गरे । तिलक वर्मा र सूर्यकुमार यादवबीच तेस्रो विकेटका लागि ७२ रनको साझेदारी भयो । दुवैले समान ४४ रन बनाए । सूर्यकुमारले २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । तिलकले २९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै टोलीको स्कोर अगाडि बढाए ।
अन्त्यतिर नमन धीरले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ७ चौकासहित ३७ रन बनाए । हार्दिक पान्ड्याले १३ बलमा १५ रन र राज बावाले ४ बलमा ८ रन जोडे । पन्जाबका अजमतुल्लाह ओमारजाइले दुई, कायल जेमिसन, मार्कस स्टोइनिस, विजयकुमार बैशाख र युजवेन्द्रन्द्र चहलले एकरएक विकेट हात पारे । पञ्जाबले अब उपाधिका लागि बुधबार आरसिबीको सामना गर्नेछ ।
हालसम्म यी दुवै टिम आइपिएल च्याम्पियन बन्न सकेका छैनन् । त्यसैले यस संस्करणमा नयाँ विजेता टिमको उदय निश्चित भइसकेको छ ।












प्रतिक्रिया दिनुहोस्