सुर्खेत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ। पोखरा रंगशालाको एथ्लेटिक्स ट्र्याकमा पुरुष ३००० मिटरको स्टिपल चेजमा कर्णालीका दुर्गाबहादुर बुढाले पहिलो स्वर्ण पदक जितेका हुन्।

सोमबार बिहान भएको खेलमा भारतीय सेनामा कार्यरत बुढाले निर्धारित दूरी आठ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गरेका थिए। यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भण्डारीले आठ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए। नौ मिनेट २१ः१० सेकेन्डका साथ एपीएफका अजितकुमार यादवले रजत र नौ मिनेट २१ः१० सेकेन्डमा दौड पूरा गर्दै आर्मीका सुवास कार्कीले कास्य जिते।
स्वर्ण जिते पनि उनको स्वर्ण गुम्न सक्ने जोखिम देखिएको छ। बुढाले छिमेकी देश भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दै आएको दावी गर्दै त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब र गण्डकी प्रदेश गरी चार टिमले प्रोटेस्ट दर्ता गरेका छन्। यदि उनले भारतबाट खेलेको प्रमाणित भएमा उनको स्वर्ण खोसिने छ।












प्रतिक्रिया दिनुहोस्