विश्व कप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हरायो

होस्ट खबर
होस्ट खबर १३ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हराएको छ । गएराति लखनउमा सकिएको खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १२९ रन बनाएर अलआउट भयो ।

इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोनले सर्वाधिकर २७ रन जोडे । त्यस्तै, डेविड विलीले र डेविड मलानले समान १६र१६ रन बनाए भने मोइन अलीले १५ तथा जोनी बेरिस्टोले १४ रन जोडे ।

भारतका लागि मोहम्मद शामीले चार विकेट लिए भने जस्प्रित बुमराहले तीन विकेट लिए । यस्तै, कुलदीप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रनको अर्धशतकीय पारी खेले । सूर्यकुमार यादवले ४९, केएल राहुल ३९ र जस्प्रित बुमराहले १६ रन बनाए ।

इङ्ल्यान्डका डेविड विलीले तीन विकेट लिए । त्यस्तै, क्रिस वोक्स र आदिल राशिदले समान दुईरदुई विकेट लिँदा मार्क उडले एक विकेट लिए । जितसँगै भारतले १२ अङ्क जोडेको छ ।

अहिलेसम्मका खेलमा अपराजित रहेको भारत ६ खेलमा १२ अङ्क जोड्दै शीर्ष स्थानमा छ । १० अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । इङ्ल्यान्ड ६ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्