विश्व कप क्रिकेट: अस्ट्रेलियासँग श्रीलङ्का पाँच विकेटले पराजित

होस्ट खबर ३० आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाणडौं : भारतमा जारी आईसीसी विश्व कप क्रिकेट अन्तरगत अस्ट्रेलियाले पहिलो जित प्राप्त गरेको छ । गएराति लखनउमा सम्पन्न खेलमा श्रीलङ्कालाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो जित हात पारेको हो । श्रीलङ्काको लगातार तेस्रो हार हो ।

श्रीलङ्काले दिएको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका जोस इङ्ग्लिसले सबैभन्दा धेरै ५८ रन बनाए । श्रीलङ्काका दिलसन मधुसनकाले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो । श्रीलङ्काका कुशल परेराले ७८ रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्