काबुल हमलामा ऐतिहासिक उडान भर्ने क्याप्टेन इजरायलको आकाशमा नेपालीको उद्धार गर्दै

होस्ट खबर २५ आश्विन २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं : इजरालयमा रहेका नेपाली विद्यार्थीको उद्दारका लागि नेपाल वायुसेवा निगमका क्याप्टेन श्रवण रिजालसहितको टोलि जाने भएको छ ।

उक्त क्षेत्रमा उडान गर्ने विषयमा पाइलटहरुबीच आनाकानी भइरहँदा निगमका अपरेशन निर्देशकसमेत रहेका क्याप्टेन रिजालको टोलि उद्दारका लागि युद्धग्रस्त क्षेत्रमा जान तयार भएको हो ।

रिजाल उनै क्याप्टेन हुन् जसले यसअघि काबुलमा तालीबानको आक्रमणमा परि ज्यान गुमाएका १२ जना नेपालीको शव ल्याएका थिए । २०७३ साल असारमा नेपाल वायुसेवा निगमले काबुल विमानस्थलमा पाँच घन्टा कुरेर अफगानिस्तानमा कार्यरत २४ जना नेपाली र मृतक १२ जनालाई काठमाडौं ल्याएको थियो । १२ जना नेपालीको आतंकवादी संगठन तालिबानले हत्या गरेपछि काबुलका सबै नेपाली आतंकित देखिएका थिए ।

क्याप्टेन रिजाल र उनका दाजु क्याप्टेन सुवास रिजालले उडाएर गएको यो जहाजले काबुल विमानस्थलमा नेपालीलाई पर्खेरै ल्यायो । काबुल वायुसेवा निगमले नेपाली लिन जाने निगमको निर्णयलाई साह्रै खुसी र राष्ट्रको छविसँग तुलना गरेर खुसी व्यक्त गरेको थियो ।

हाल इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्ध चर्किँदो छ । डेढ बर्षदेखि चलिरहेको रुस–युक्रेन युद्धलाई बिर्साउने गरी शनिबार हमासले इजरायलमाथि आक्रमण गर्यो । त्यसपछि इजरायलले पनि हमासविरुद्ध गाजापट्टिमा हमला जारी राखेको छ । यस युद्धमा परेर अहिलेसम्म १२ सयभन्दा बढीको ज्यान गइसकेको छ भने हजारौँको संख्यामा मानिसहरु घाईते रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

यही युद्धमा १० जना नेपाली विद्यार्थीले पनि ज्यान गुमाएका छन् । केही घाइते अवस्थामा छन् भने एकजना सम्पर्कविहीन छन् । परराष्ट्रमन्त्री एनपी साउदसहित निगमको जहाज बिहिबार बिहान २:३० बजे प्रस्थान गर्ने भनिए पनि अनुमतिका कारण जहाज बिहान ४:०० बजे  इजरायल उडेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array