नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै, हाल शव भने नल्याइने

होस्ट खबर २४ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ : इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ ।

उडानमा परराष्ट्रमन्त्री एनपी साउद पनि जाँदै छन्। उनले उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन तथा समन्वयको जिम्मा पनि पाएका छन्।

साथै सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल फर्कने नेपालीहरुको हवाई खर्च बेहोर्ने भएको हो।

बुधबारको चार्टर्ड उडानमा २ सय ५० जना नेपाली फर्कदै छन्।

नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट इजरालयमा ज्यान गुमेकाहरुको शव भने नल्याइने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बुधबार जानकारी दिएकी थिइन्। इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताईन् ।

प्रवक्ता लम्सालले शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको बताईकि छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array