प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता

होस्ट खबर ६ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्र संघको ७८ औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्डसहितको टोली शुक्रबार राति नै न्युयोर्कबाट चीन भ्रमणमा निस्किएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज चीनको हाङ्झाउमा हुने एसियाली खेलुकदको उद्घाटन समारोहमा सहभागी हुन र त्यसपछि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । न्युयोर्कबाट प्रधानमन्त्री सँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र परराष्ट्रमन्त्रालयका अधिकारी चीन पुगेका छन् ।

१९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङ्जाओमा रहने र त्यहि प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता हुने जनाईएको छ । औपचारिक भेटवार्ता भएसँगै प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री भोलि बेइजिङ जानेछन् ।

न्युयोर्कको पाँच दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आठ दिने चीन भ्रमणमा गएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array