फिफा महिला विश्वकप: मोरोक्कोलाई ४–० गोलले हराउँदै फ्रान्स फाइनलमा प्रवेश

होस्ट खबर २४ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : फ्रान्स फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको हिन्दमार्स स्टेडियम एडिलेडमा मंगलबार भएको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरोक्कोलाई ४–० गोलले हराउदै फइनलमा प्रवे गरेको हो ।

एकपक्षीय खेलमा फ्रान्सलाई जिताउन युजेनी लि सोमेरले २३औं र ७०औं दुई गोल गरिन । यसअघि केन्जा डेलीले १५औं र काडियाटोउ डियानीले २०औं एक एक गोल गरेकी थिइन् ।

खेलभर फ्रान्सको दबाब झेलेको मोरोक्कोले गोल फर्काउन सकेन । क्वार्टरफाइनलमा फ्रान्सले आयोजक अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सको खेलसँगै क्वार्टरफाइनल जारी विश्वकपको क्वार्टरफाइनल समिकरण पनि पूरा भएको छ ।

क्वार्टरफाइनलमा फ्रान्स र अष्ट्रेलियासँगै स्पेन र नेदरल्यान्ड्स, जापान र स्विडेन, इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्