काठमाडौँ : साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाललाई साविक विजेता भारतले २–० ले हराएको हो ।
यो हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले एक एक गोल गरे ।
पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने आफ्नो लय गुमाउँदै दुई गोल खाएको हो । यो जितसँगै समूह ‘ए’ बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ । दुई खेलमा ६ अंक जोडेको भारत दोस्रो स्थानमा छ ।
शनिबार पाकिस्तानलाई ४–० ले हराएको कुवेत ६ अंकसहित शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । समुहको अन्तिम खेलमा नेपालले पाकिस्तानको सामना गर्दा भारत र कुवेत भिड्नेछन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्