चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा

होस्ट खबर १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : चेन्नई सुपर किंग्स इन्डियन प्रमियर लिग ९आईपीएल०को फाइनलमा स्थान बनाउन सफल भएको छ। मंगलबार राति भएको रोमान्चक खेलमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो।

चार पटकको च्याम्पियन चेन्नईले १० औं पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो। जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १ सय ५७ रनमा अल आउट भयो।

एमए चिदंबरम स्टेडियम चेन्नईमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो।

चेन्नईका लागि रवीन्द्र जडेजाले ब्याटिङ र बलिङ, दुवैमा उत्कृष्ट प्रदर्शन गरे। सुरुवाती ब्याटिङमा २२ रन बनाएका जडेजाले गुजरातलाई रोक्नका लागि महत्वपूर्ण २ विकेट लिए।

म्यान अफ द म्याच भएका चेन्नइका रुतुराज गाइकवाडले सर्वाधिक ६० रन बनाए। चेन्नई १०औं पटक आईपीएलको फाइनल प्रवेश गरेको हो। चेन्नई ४ पटक आईपीएलको च्याम्पियन बनिसकेको छ। हारका बाबजुद गुजरातलाई फाइनल प्रवेशको अर्को अवसर हुनेछ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array