प्रिमियर लिगको उपाधिमा म्यानचेस्टर सिटीको ह्याट्रिक

होस्ट खबर ७ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : जारी सिजनको इंग्लिश प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले तीन खेलअगावै जित हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ ।

गयराति भएको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १–० ले पारजित भए पछि सिटी तीन खेल अगावै च्याम्पियन बन्न पुगेको हो । आर्सनलको पराजयले सिटीलाई लिगको उपाधिका ह्याट्रिक गर्ने अवसर जुटेको हो ।

लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लबसमेत बनेको छ । युनाइटेडले १९९८–२००१ र २००६–२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array