पञ्जावको लगातार दोस्रो जित, राजस्थान पराजित

होस्ट खबर २३ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : इन्डियन प्रिमियर लिग ९आईपीएल० मा पञ्जाव किंग्सले राजस्थान रोएल्समाथि रोमाञ्चक जित निकालेको छ ।

लिगमा पञ्जावको यो लगातार दोस्रो जित हो। बुधबार राती गुवाहाटिमा भएको खेलमा राजस्थान पाँच रनले पराजित भएको हो ।

पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

पन्जाब २ खेलबाट ४ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ भने दोस्रो खेलमा पहिलो हार व्यहोरेको राजस्थान २ अंक सहित चौथो स्थानमा रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्