युरोपा लिग: म्यानचेस्टर युनाइटेड र युभेन्टस विजयी

होस्ट खबर २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : म्यानचेस्टर युनाइटेडले युरोपा लिगअन्तर्गत प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा रियल बेटिसलाई पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति युनाइटेडले स्पेनिस क्लब रियल बेटिसलाई ४–१ ले पराजित गरेको हो।

युनाइटेडको जितमा मार्कस रासफोर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वेगह्रस्टले गोल गरे। रियल बेटिसका पेरेजले एक गोल फर्काए। दोस्रो लेगमा यही नतिजा कायम राखे युनाइटेड अन्तिम ८ मा पुग्नेछ। यस्तै अर्को खेलमा इटालियन क्लब युभेन्टस विजयी भएको छ।

युभेन्टसले जर्मन क्लब फ्रेइवर्गलाई १–० ले स्तब्ध पारेको हो। युभेन्टसका लागि खेलको दोस्रो हाफमा एन्जल डी मारियाले निर्णायक गोल गरे।

जितसँगै युभेन्टसको पनि अन्तिम ८ मा पुग्ने सम्भावना जीवित बनेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array