चेल्सीको जितमा फोफानाको निर्णायक गोल

होस्ट खबर २१ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीको जितमा वेस्ली फोफानाले निर्णायक गोल गरे । उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । यो जितपछि दसौँ स्थानमा रहेको चेल्सीले २५ खेलमा ३४ अंक जोडेको छ ।

पराजित लिड्स २२ अंकका साथ १७ औं स्थानमा रहेको छ । गएराति नै सम्पन्न अर्को खेलमा उल्भ्सले टोटेनहमलाई १–० ले हराएको छ ।

त्यस्तै, ब्राइटनले वेस्ट ह्यामलाई ४–० ले पाखा लगाउँदा एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई १–० ले हरायो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array