आत्मघाती गोलले बार्सिलोनाद्वारा रियल पराजित

होस्ट खबर १९ फाल्गुन २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं : स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलअन्तर्गतको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १–० को गोलान्तरमा पराजित गरेको हो ।

घरेलु मैदानमा रियलका इडर मिलिटाओले खेलको २६ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । जुन बार्सिलोनालाई विजयी गराउन निर्णायक बन्यो ।

अब यी दुई समूहबीच आगामी अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा दोस्रो लेग हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्