म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा

होस्ट खबर १७ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

एजेन्सी : ब्रिस्टोल सिटीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पाँचौ चरणको खेलमा सिटीले ब्रिस्टोललाई ३–० ले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको सातौं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० ले अघि बढाए । त्यसपछि ८१ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

एफ।ए कप पाँचौ चरणको अर्को खेलमा लिड्स युनाइटेडलाई २–० ले हराउँदै फुल्हम पनि क्वाटरफाइनलमा उक्लिएको छ । यसैगरी स्टोक सिटीलाई १–० ले हराउँदै ब्राइटन तथा लेस्टर सिटीलाई २–१ ले हराउँदै ब्ल्याकबर्न रोभर्स पनि अन्तिम आठमा प्रवेश गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्