नेपाल र पपुवा न्युगिनीबीच आज प्रतिस्पर्धा हुने

होस्ट खबर १५ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल(पपुवा न्युगिनी (पि.एन.जी) र युएईको त्रिकोणात्मक श्रृंखला सोमबारबाट युएईमा सुरु हुने भएको छ ।

श्रृंखलाको पहिलो खेलमा नेपालले पि।एन।जी।को सामना गर्ने भएको हो । यो खेल युएईमा नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि सुरु हुने भएको छ । श्रृंखलामा नेपाल, युएई र पिएनजीले दोहोरो राण्ड रोबिन लिगको आधारमा खेल्ने भएका छन् ।

हालै काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबिया सम्मिलित श्रृंखलाका सबै खेल जित्दै हौसिएको नेपाल युएईमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । ७ टोली सहभागी विश्वकप लिग-२ क्रिकेटको अंक तालिकामा युएई, नेपाल र पि।एन।जी क्रमशः पाँचौ, छेटौं र सातौं स्थानमा रहेका छन् ।

३६ खेलबाट ५० अंक जोडेको स्कटल्याण्डले विश्वकप लिग-२ को उपाधि जितिसकेको छ । समान खेलबाट ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ भने ३९ अंकसहित नामिबिया तेस्रो तथा ३५ अंकसहित अमेरिका चौथो स्थानमा रहेको छ ।

२८ खेलबाट २९ अंक जोडेको युएई पाँचौं र २६ अंक जोडेको नेपाल छैटौं तथा ५ अंक मात्रै जोडेको पिएनजी सातौं स्थानमा रहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्