सुर्खेत : १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरले जितेको छ । लेकवेशी नगरपालिका वडा नम्बर ४ जीवन ज्योति मावि दशरथपुरमा मंगलवार सम्पन्न नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरले १८ स्वर्ण, ४ रजक र ७ कास्य गरी २९ पदक प्राप्त गरी १४ औ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हात पारेको हो । योसँगै सो विद्यालयले लगातार तीन वर्ष उपाधि जितेको छ । यस्तै ९ स्वर्ण, ५ रजक र ८ कास्य गरी २२ पदक प्राप्त गरी हर्मन माईनर एसओएस वीरेन्द्रनगर दोस्रो, ५ स्वर्ण १ रजक र १ कास्य गरी ७ पदक प्राप्त गरी भेरी मावि बराहताल तेस्रो भएको छ । यस्तै २ कास्य र २ रजक गरी ३ पदक प्राप्त गरी भैरव मावि वीरेन्द्रनगर, जनज्योति मावि वड्डीचौर र साहारे मावि गुर्भाकोट चौथो भएको जीवन ज्योति मावि दशरथपुरका प्रधानध्यापक तिर्थ पौडेलले दर्शन खबरलाई जानकारी दिए ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
विजेता प्रतियोगीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ । जसमा प्रथम पुरस्कार नेरामाविलाई कप, मेडल प्रमाण पत्र र १२ हजार नगद रुपैयाँ, दोस्रो हर्मन माईनर एसओएस वीरेन्द्रनगरलाई कप, मेडल प्रमाण पत्र र ८ हजार नगद रुपैयाँ, तेस्रो भेरी मावि बराहताललाई कप, मेडल, प्रमाण र ५ हजार रुपैया प्रदान गरीएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको समापन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले गरेका छन् । समापन कार्यक्रममा बोल्दै मन्त्री पछाईले खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सकिने भएकोले खेलाडीहरुलाई प्रत्येक पालिकाले हौसला प्रदान गर्नुपर्ने बताए । विजयी खेलाडीहरुलाई क्षेत्रीय स्तरको खेलमा जिल्लाको पहिचान बनाउने गरी तयारी गर्न समेत उनले आग्रह गरेका छन् । यस्तै लेकवेशी नगरपालिकाका नगरप्रमुख पौडेलले स्वस्थ जिवनयापन सँगै शारिरीक तथा मानसिक विकास लागि पनि खेलकुद महत्व रहेको भन्दै खेलाडीहरुलाई अनुशासन पूर्वक खेल प्रर्दशन गरी आगामी दिन अब्बल दर्जाको खेलाडीको रुपमा निरन्तर लागिरहन शुभकामना दिए ।
आगामी वर्ष हुने १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चार वटा विद्यालयले दाबी गरेको प्रधानध्यापक पौडेलले बताए । जसमा जीवन ज्याति मावि गुटु चौकुने, जनता मावि विद्यापुर पञ्चपुरी, विद्याज्योति मावि बावियाचौर र चन्द्रगंगा मावि वीरेन्द्रनगर रहेका छन् । १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको लागि जिल्ला खेलकुद विकास समितिको तर्फबाट तोकिने प्रअले दर्शन खबरलाई जानकारी दिए । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाई, लेकवेशी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेल, विभिन्न पालिकाका जनप्रतिनिधि, स्थानिय तहका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक विद्यार्थी लगायत अन्य व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन अम्मर चन्दले गरेका थिए ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्