इटालियन सिरी ए फुटबल: घरेलु मैदानमा मिलानको जित

होस्ट खबर २८ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलान विजयी भएको छ। मिलानले टोरिनोलाई १–० गोल अन्तरले पराजित गरेको हो।

शुक्रबार रातिको खेलमा मिलानको जितमा ओलिभर जेरुडले ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो। जितसँगै मिलानले २२ खेलमा ४१ अंक बनाएको छ। मिलान तालिकाको तेस्रो स्थानमा छ। टेरिनो ३० अंकसहित सातौं स्थानमा छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्