कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

होस्ट खबर २८ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजार ५ सय ७६ जनाको गरिएको छ।

अस्पतालमा आएका मध्ये ९८ लाख ९ हजार ८७ जना उपचार निको भई घर फर्केका छन्। खोप अभियान सुरु भएदेखि अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाइसकिएको छ।

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्