एजेन्सी : स्पेनिस लिग फुटबलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेको छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा, गाभि र राफिन्हाले १–१ गोल गरेका हुन् । स्पेसिनस लिगको अर्को खेलमा रियाल मड्रिडलाई रियाल मयोर्काले १–० ले पराजित गरेको हो।

त्यसैगरी जिरोनाले भ्यालेन्सीयालाई १–० ले पराजित गर्दा रियाल भालाडोलिडले रियाल सासिडाडमाथि १–० को जित निकालेको हो । स्पेनिस लिगमा २० खेलबाट ५३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ।
समान खेलबाट ४५ अंक जोडेको रियाल मड्रिड बार्साभन्दा ८ अंकले पछाडि रहेको छ । ३९ अंकसहित सोसिडाड तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्