रोनाल्डोको गोलले अल नासर बराबरीमा

होस्ट खबर २१ माघ २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ : क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासर हारबाट जोगिएको छ। साउदी प्रो लिगमा गए राति भएको खेलमा रोनाल्डोले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।

यससँगै अल फतेहसँग अल नासर २ – २ को बराबरीमा रहेको छ। यो नतिजापछि अल नासर तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

उसको १५ खेलबाट ३४ अंक छ। एक खेल बढी खेलेको दोस्रो स्थानको अल सबाबको समान ३४ अंक छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array