सन्दिपको मुद्दाको आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुँदै

होस्ट खबर २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको पहिलो सुनवाइ आज हुने भएको छ ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दिप बिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथी आज पहिलो सुनुवाइ हुने भएको हो ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए।

उच्च अदालतको आदेश पछि रिहा भएका सन्दिपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रबार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array