स्पेनिस ला लिगामा बार्सिलोना विजयी

होस्ट खबर १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

मड्रिड : स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोनाले बुधबार राति भएको खेलमा रियाल बेटिसलाई २-१ गोलको नतिजामा पराजित गरेको छ। बेटिसको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा आक्रमक बनेको भ्रमणकारी बार्सिलोनाका लागि ६५औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए। अलेहान्द्रो बाल्डेले दिएको क्रसलाई राफिन्हाले सहजै गोलमा परिणत गरेका थिए।

त्यसको १५ मिनेटपछि रोबर्ट लेवान्डोस्कीले गरेको गोलसँगै बार्सिलोनाले अग्रता दोब्बर पारेको थियो। रोनाल्डा अराउहोले दिएको पासलाई तीन खेलको प्रतिबन्धपछि मैदानमा फर्किएका लेनान्डोस्कीले गोलमा परिणत गरेका थिए।

निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी रहँदा बार्सिलोनाका डिफेन्डर जुलेस कोन्डेले आत्मघाती गोल गरेसँगै क्लिन सीट भने राख्न सकेन।

जितसँगै १९ खेलबाट ५० अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा छ। समान खेलबाट ३१ अंक जोडेका रियाल बेटिस छैटौं स्थानमा छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array