म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा

होस्ट खबर १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : नटिङघम फरेष्टलाई हराउँदै म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघमलाई २–० ले हराउँदै समग्रमा ५–० को जितसहित युनाईटेड फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा युनाईटेडले ३–० को अग्रता बनाएको थियो ।

दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एकरएक गोल गरे । खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । त्यसपछि ७६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई २–० को जित दिलाए ।

अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा साउथह्याम्पटनलाई हराउँदै न्युकासल युनाइटेड फाइनलमा पुगेको हो ।

काराबाओ कप फुटबलको फाइनल खेल यही फेब्रुअरी २६ तारिखको दिन वेम्बले रंगशालामा हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्