इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेस्टह्याम विजयी

होस्ट खबर ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

एजेन्सी : इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेस्ट ह्याम विजयी भएका छन् । गएराति भएको खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० तथा वेस्ट ह्यामले एभर्टनलाई २–० गोलले हरायो ।

गएराति भएका अरु ४ खेल बराबरीमा सकिएका छन् । लिभरपुल र चेल्सी, लेस्टर सिटी र ब्राइटन, क्रिस्टल प्यालेस र न्युक्यासल तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले बराबरी खेलेर अङ्क बाँडेका छन् ।

लिभरपुल र चेल्सी तथा क्रिस्टल प्यालेस र न्युक्यासलले गोलरहित बराबरी खेले ।

त्यस्तै लेस्टर सिटी र ब्राइटनले २–२ तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले १–१ गोलको बराबरी खेलेका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array