प्रिमियर लिग फुटबलमा चेल्सी पराजित

होस्ट खबर २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

एजेन्सी : इंग्लीश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सीलाई फुल्हमले २–१ ले पराजित गरेको छ ।

बिहिबार राति फुल्हमको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि विलियन र कार्लोस भिनिसियसले १-१ गोल गरेका हुन्। पराजित टोली चेल्सीका लागि कालिदु काउलीबालीले एक गोल फर्काएका थिए । यो खेलमार्फत चेल्सीमा डेब्यू गरेका पोर्चुगिज खेलाडी हुँवा फेलीक्सले नयाँ टोलीका लागि पहिलो खेलमै रातो कार्ड खाएका छन् ।

पराजित भएसँगै चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरमाथि दवाव बढेको छ । अघिल्लो वर्ष रुसी धनाढ्य रोमन अब्राहिमोभिचलाई बेलायतमा कारोबार गर्न प्रतिबन्ध लगाएसँगै चेल्सी फुटबल क्लबको मालिक तथा व्यवस्थापन फेरिएको थियो ।

अमेरिकी धनाढ्य टड बोहलीले नेतृत्व लिए यता चेल्सीले सोचे अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array