काठमाडौं : श्रीलङ्कासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । गएराति राजकोटमा भएको तेस्रो तथा निर्णायक टी–२० खेलमा श्रीलङ्कालाई ९१ रनले हराउँदै भारतले शृङ्खला २–१ ले जितेको हो । जितको लागि २ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा १ सय ३७ रनमा अलआउट भयो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
श्रीलङ्काका ओपनर कुशल मेन्डिस र कप्तान दासुन शानकाले समान २३ रन बनाए । धनञ्जय डि सिल्भा २२ र चरिथ असलङ्का १९ रनमा आउट भए । श्रीलङ्काका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका अर्शदीप सिंहले ३ तथा हार्दिक पान्ड्या, उमरान मलिक, युजभेन्द्र चहलले समान २ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । भारतका सूर्यकुमार यादव १ सय १२ रनमा अविजित रहे ।
शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्का दिलशान मदुशनकाले २ तथा वानिन्दु हसरंगा, कसुन रजिथा र चामिका करुणारत्नेले समान १ विकेट लिए । भारत पहिलो खेलमा दुई विकेटले विजयी हुँदा दोस्रो खेलमा श्रीलङ्का १६ रनले विजयी भएको थियो । भारत र श्रीलङ्काबीच अब तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो खेल मङ्गलवार, दोस्रो खेल बिहीवार र तेस्रो खेल आइतवार हुनेछ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्