युरोपमा मेरो भूमिका सकियो, मैले सबै जितेँ: रोनाल्डो

होस्ट खबर २० पुष २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोपमा आफ्नो भूमिका सम्पन्न भएको बताएका छन्। साउदी अरेबियामा अल–नासर फ्यानहरूलाई आधिकारिक रूपमा सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताए।

‘अहिलेसम्म म धेरै राम्रो महसुस गर्दैछु, म मेरो जीवनमा यो ठूलो निर्णय लिएकोमा मा गर्व गर्छु’ उनले भने ‘युरोपमा मेरो भुमिका सकियो मैले सबै जितेँ मैले सबैभन्दा महत्वपूर्ण क्लबहरुका लागि खेलें र मेरो लागि यो नयाँ चुनौती हो।’

प्रसिद्ध पोर्चुगिज स्टार ‘सिआर–७’ हेर्न रियादको मिसूल पार्कमा फ्यानहरू भेला भएका थिए। प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि साउदी अरेबियाको क्लबमा सामेल भएका फरवार्ड सूट लगाएर स्टेडियममा आएका थिए। ‘उनीहरू ९मेरो परिवार० खुसी छन्। जब म मेरो निर्णय लिन्छु, मेरो परिवारले मलाई सधैं समर्थन गर्छ, विशेष गरी मेरा बच्चाहरू र मेरी श्रीमतीले पनि’ उनले थपे ‘म धेरै खुसी छु, हिजोको स्वागत अचम्मको थियो । हामी यहाँ राम्रो महसुस गरेका छौ । मानिसहरू म र मेरो परिवारसँग मायालु छन् त्यसैले म साँच्चै गर्व गर्छु।’

क्लबले उनलाई वार्षिक रुपमा २ सय मिलियन पाउन्ड खर्च गर्नेछ। रोनाल्डोको टोली अल–नासर, साउदी प्रो लिगको शीर्षमा छ। उसले ११ खेलमा ८ जित र २ बराबरीका साथ २६ अंक बटुलेको छ । १ खेल कम खेलेको अल–शबाब भन्दा एक अंकले अगाडि छ।

प्रिमियर लिग जस्तै साउदी प्रो लिगको सिजन मेको अन्त्यमा समाप्त हुनेछ। लिगको विजेता एएफसी च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट हुनेछ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array