इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्ला विजयी

होस्ट खबर १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटन ह्याम हट्सपरलाई २–० ले पराजित गरेको छ । आइतबार राति टोटन ह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली एस्टन भिल्लालाई विजयी गराउन इमिलियानो बुएन्दिया र डग्लस लुइजले १–१ गोल गरेका हुन् । जितसँगै एस्टन भिल्लाले टोटन ह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेमाथिको दवाव बढाएको छ । टोटन ह्यामले जारी सिजनको प्रिमियर लिगमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक कोन्टे दवावमा परेका छन् ।

आइतबार राति भएको अर्को खेलमा चेल्सीलाई नटिङ्घम फरेष्टले १–१ गोलको बराबरीमा रोकेको छ । फरेष्टको मैदानमा भएको खेलमा चेल्सीका राहिम स्टर्लीङले पहिलो गोल गरेका हुन् । ६३ औं मिनेटमा सर्जी औरियरले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array