जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा

होस्ट खबर १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स यूनाइटेडलाई हराएको छ । आज बिहान भएको खेलमा सिटीले घरेलु टोली लिड्सलाई ३–१ गोलले पराजित गरेको हो ।

सिटीका एर्लिङ हलान्डले दुई तथा रोड्रीले एक गोल गरे । लिड्सका पास्कल स्ट्रुजिकले एक गोल फर्काए । जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको १५ खेलमा ३५ अंक भएको छ ।

शीर्षस्थानमा रहेको आर्सनलको १५ खेलमा ४० अंक छ । सिटीसँग पराजित भएको लिड्स यूनाइटेड १५ खेलमा १५ अंकका साथ १५औं स्थानमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array