काठमाडौं : छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकलाई सर्तक हुन र कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ ।
बुस्टर डोज लिएकाहरू मात्र भाइरसबाट सुरक्षित रहन सक्ने भएकाले बाँकी सवैलाई छिटो खोप दिने तयारी भइरहेको मन्त्रालयका सह९प्रवक्ता समीर कुमार अधिकारीले बताए । भारतमा संक्रमण फैलिएपछि नेपालमा छिटो संक्रमण फैलिन सक्ने भएकाले सबैले समयमै खोप लिएर सुरक्षित हुनुपर्ने अहिलेको उपाय भएको डा. अधिकारीले बताए ।
कोभिड १९ बिरुद्धको खोप एक व्यक्तिमा तीन मात्रा लिएपछि सुरक्षित रहन सकिने भए पनि कुनै खोप लिएको ६ महिनापछि खोपको एन्टिबडी घट्दै जाने भएकाले विज्ञहरूले थप अतिरिक्त मात्रा बुस्टर डोज दिनुपर्ने सुझाव दिएका छन् ।
केही महिनाअघि नेपाल सरकारले पनि आवश्यक जनसंख्यालाई चौथो डोजको खोप दिने निर्णय गरिसकेको थियो। पछिल्लो ६ महिनादेखि विश्वभरि कोभिड संक्रमण घट्दै गएपछि नेपालले खोप अभियान सुस्ताएको परिवार कल्याण महाशाखा खोप शाखाका पूर्वप्रमुख डा झलक गौतमले बताए । ‘बीचमा खोप अभियान सुस्ताएकाले लक्षितको कम जनसंख्याले मात्र बुस्टर डोज खोप लिएको अवस्था छ,’ उनले भने । आजको नागरिक दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्