मेस्सी पीएसजीमै रहने

होस्ट खबर १० पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।

कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक रुपमा सहमत भएका बीबीसीले जनाएको छ । फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ ।

मेस्सीले पीएसजीमा थप एक वर्ष रहने गरी सम्झौता नवीकरण गर्ने तयारी छ । मेस्सी सन् २०२१ मा बार्सिलोना छाडेर पीएसजी गएका थिए । उनले त्यहाँ २ वर्षको सम्झौता गरेका थिए । मेस्सीले पीएसजीका लागि ५३ खेलमा २३ गोल गरिसकेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array