नेपाल टी–ट्वान्टी लिग आजदेखि

होस्ट खबर ९ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको लिगमा शनिबार दुई खेल हुनेछ ।

उद्घाटन खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सको विरुद्ध खेल्नेछ । खेल बिहान सवा ९ बाट सुरु हुनेछ । आज नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाईटेडबीच खेल हुनेछ । खेल दिउँसो सवा १ बाट सुरु हुनेछ ।

पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी रहेकाछन् ।

२७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताका उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने क्यानले जनाएको छ । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउनेछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्