मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

होस्ट खबर ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।

क्रोएसियाका जोस्को भार्डीयोल र मिस्लाभ ओर्सिचले एक एक गोल गरे भने मोरक्कोका अच्रफ दारीले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ४२ औं मिनेटमा ओर्सिचले गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array