एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सको फुटबल टोलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । कतारमा जारी विश्वकपको क्वार्टरफाइनल खेलको दौरानमा अनुशासन उल्लंघन गरेको भन्दै फिफाले दुवै टोलीलाई जरिवाना तिराउने निर्णय गरेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
कारबाही स्वरुप दुवै टोलीलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्नेछ । तर खेलाडीहरुलाई भने प्रतिबन्ध नलगाइने फिफाले जनाएको छ । शुक्रबार राति भएको तनावपूर्ण खेलमा १७ वटा पहेंलो कार्ड देखाईएको थियो । नेदरल्याण्ड्सका डेन्जेल डम्फ्रीजले रातो कार्ड पाएको उक्त खेलमा नेदरल्याण्ड्स पेनाल्टी सुट आउटमा पराजित भएको थियो । खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले गोल गर्दै खेल अतिरिक्त समयमा पु¥याएपछि अर्जेन्टिनाको बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए ।
यस्तै, पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो । फिफाले खेलाडीहरुलाई प्रतिबन्ध नलगाउने बताएसँगै अर्जेन्टिनालाई क्रोएसियाविरुद्धको सेमिफाइनल खेलपूर्व केही राहत महसुस भएको छ ।
नेदरल्याण्ड्स पराजित भएपछि उक्त टोलीका खेलाडीहरुलाई जिस्क्याएका अर्जेन्टाइनी खेलाडीहरु निकोलस ओटामेण्डी र लियान्द्रो परेदेशलाई फिफाले केही म्याचको प्रतिबन्ध लगाउनसक्ने अनुमान गरिएको थियो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्