काठमाडौं : सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा शुरुवात गरेका गोन्सालो रामोसले ह्याट्रिक पुरा गरेपछि पोर्चुगल फिफा विश्वकप-२०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्विट्जरल्यान्डमाथि ५-१ गोलको फराकिलो जीत निकाल्दै पोर्चुगल तेस्रोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
लुसाइल इकोनिक स्टेडियममा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन रामोसले ह्याट्रिक पूरा गर्दा पेपे, राफायल गुरेरो र राफाएल लियोले समान एक(एक गोल थपे । स्विट्जरल्यान्डको लागि मानुएल अकान्जीले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा फिलिक्सको पासमा रामोसले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए ।
३३ औं मिनेटमा ब्रुनोको कर्नरमा पेपेले हेडर गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ५१ औं मिनेटमा डालोटको पासमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई सहज स्थितिमा पुर्याएका थिए । ५५ औं मिनेटमा रामोसको पासमा गुरेरोले गोल गर्दा पोर्चुगल फराकिलो जीततर्फ अगाडि बढेको थियो । ५८ औं मिनेटमा अकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
तर ६७ औं मिनेटमा फिलिक्सको पासमा रामोसले व्यक्तिगत तेसो गोल गर्दै ह्याट्रिक पूरा गरेर पोर्चुगललाई ५-१ गोलको अग्रता दिलाए । जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो । यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा गुरेरोको पासमा लियोले गोल गर्दै पोर्चुगललाई ६-१ गोलको फराकिलो जीत दिलाए । जीतसँगै पोर्चुगल क्वाटरफाइनलमा पुगेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्