स्पेनलाई टाइब्रेकरमा हराउँदै मोरोक्को क्वार्टरफाइनलमा

होस्ट खबर २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै मोरक्को फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसमा मोरक्कोले बाजी मार्न सफल भयो ।

टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । बदर बनोउनेले गोल गर्न सकेनन् ।

स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । त्यसपछि कार्लोस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठको यात्रा तय गराए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array