क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्ने

होस्ट खबर २० मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

एजेन्सी : कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ। सोमबार भएका आ–आफ्नो खेलमा जित हात पार्दै यी टोलीले माथिल्लो चरणमा आफ्नो स्थान बनाएका हुन्। क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पछि पार्‍यो भने ब्राजिलले दक्षिण कोरियामाथि ४–१ गोल अन्तरको जित हात पार्दै माथिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।

गएको विश्वकपमै ठूला र उपाधि दाबेदार टोलीलाई हराउँदै क्रोएसिया फाइनलमा पुगेको थियो। अहिले पनि उ त्यही लयमा देखिएको छ।

समूह एफको उपविजेता क्रोएसिया पनि समूहमा अपराजित रहँदै नकआउटमा आएको हो। पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा बेल्जियमसँग पनि गोलरहित बराबरी खेल्यो, जुन नतिजाका कारण बेल्जियम समूहचरणबाटै घर फिर्किएको छ। साविक उपविजेता क्रोएसियाले दोस्रोे खेलमा क्यानडालाई ४–१ ले पराजित गरेको थियो।

सुरुका १५ वटा विश्वकपमा सहभागी नभएको क्रोएसियाले गत विश्वकपमा इतिहास रच्दै फाइनलमा पुगेको थियो। तर फाइनलमा फ्रान्ससँग पराजित हुँदा पहिलो पटक उपाधि चुम्ने सपना पूरा भएन।

पछिल्ला ७ मध्ये ६ वटा विश्वकपमा सहभागी भएको छ। २०१० मा भने छनोट हुन सकेन। पहिलो सहभागीतामा १९९८ मा सेमिफाइनल पुगेको क्रोएसिया त्यसपछिका ३ विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो।

त्यस्तै ब्राजिल पनि विश्वकपको सबैभन्दा सफल टोली हो। सबै विश्वकपमा सहभागी एक मात्रै टिम पनि हो। जसले ७ पटक फाइनलको यात्रा तय गर्दा सर्वाधिक ५ पटक उपाधि जितेको छ। ब्राजिलभन्दा एक कम इटली र जर्मनीले जितेका छन्।

तर ती दुवै टोली यसपटक उपाधि होडमा छैनन्। इटली छनोट नै भएन भने जर्मनी समूह चरणबाटै बाहिरियो। यसअघिको विश्वकपमा पनि ब्राजिल क्वाटरफाइनलसम्म पुगेको थियो।

पछिल्ला ७ विश्वकपमा ३ पटक फाइनलमा पुगेको ब्राजिलले २ पटक उपाधि जितेको छ। ब्राजिल २०१४ सहित ४ पटक सेमिफाइनल पुगेको छ। ५ पटक क्वार्टरफाइनलबाट बाहिरिएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array